देश, शिक्षा

    नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ कलेजलाई निर्देशन

    जगत ठाडा मगर
    २०७८ मंसिर २२ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।

      सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै शैक्षिक सत्र २०७८/०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको हो ।

      ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुने सीटीईभीटीले जनाएको छ ।

      त्यस्तै ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्नुपर्ने सीटीईभीटीले जनाएको छ ।

      हेनुस् १५ कलेजको नामसहितको सूचना

      photo 2021 12 08 01 41 57

        कमेन्टहरु