देश

    महाधिवेशनको तयारीबारे छलफल गर्न सभापति देउवाले बोलाए बैठक

    जगत ठाडा मगर
    २०७८ मंसिर २० | मध्यान्ह ०४:०८ बजे

      काठमाडौं । काँग्रेसको आगामी १४ औं राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् ।

      महाधिवेशन तयारीका लागि गठन भएका विभिन्न विभागका प्रमुखहरुसँग देउवाले महाधिवेशनको तयारी, जानकारी तथा सुझाव लिन बैठक बोलाएका हुन् । सभापति देउवाले त्यसका लागि ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो साढे ४ बजे बैठक बोलाएको कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

      काँग्रेसको १४ महाधिवेशन अबको तीन दिनपछि अर्थात मंसिर २४ गतेदेखि सुरु हुँदैछ ।

        कमेन्टहरु