देश

    नेपालमा आज २०५ जना कोरोना संक्रमण पुष्टि

    जगत ठाडा मगर
    २०७८ मंसिर १९ | मध्यान्ह ०५:०८ बजे

      काठमाडौं । नेपालमा आज २०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

      आरटी—पीसीआर विधिबाट ७ हजार ९९५ जनाको परीक्षण हुँदा २०० र एन्टीजेन विधिबाट २ हजार ७५२ परीक्षण हुँदा ५ जनामा संक्रमण देखिएको हो ।

      मन्त्रालयले ४३६ जना संक्रमित निको भएर घर फर्किएको जनाएकाे छ । यस्तै थप १ जनाको मृत्यु भएको छ ।

      देशभरी ६ हजार ५०७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

        कमेन्टहरु