देश

    कुखुरा बोकेको गाडिले स्कुटरलाई ठक्कर दिँदा दुइ गम्भीर घाइते

    जगत ठाडा मगर
    २०७८ मंसिर १९ | बिहान ०७:०८ बजे

      काठमाडौ । थापाथलीमा कुखुरा बोकेको गाडिले स्कुटरलाई ठक्कर दिँदा दुइजना गम्भीर घाइते भएका छन् ।

      थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको गाडिले त्रिपुरेश्वरबाट थापाथलीतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको छ ।

      गाडिको ठक्करबाट स्कुटरमा सवार दुइजना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ । आज विहान करिब पौने ६ बजे तिर उक्त दुर्घटना भएको हो ।

      थापाथली र त्रिपुरेश्वरको विचमा रहेको ट्राफिक प्रहरी कार्यालयको अगाडि उक्त दुर्घटना भएको हो । ठक्करबाट स्कुटीको अगाडिको आधाभन्दा बढी भाग गाडिभित्र छिरेको छ ।

        कमेन्टहरु