देश

    कांग्रेस कर्णालीको मतदान सम्पन्न, कुल ७७१ मतदाता रहेकोमा ७५४ मत खसे

    जगत ठाडा मगर
    २०७८ मंसिर १८ | मध्यान्ह ०९:०८ बजे

      काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । शनिबार सुर्खेतमा भएको मतदान साँझ सकिएको हो ।

      कुल ७७१ मतदाता रहेकोमा जम्मा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति मतगणना सुरु गरिने तयारी रहेको छ । कर्णाली प्रदेशको सभापतिका लागि भूपेन्द्रजङ शाही, ललितजङ शाही र मोतिराज बम चुनावी मैदानमा उत्रिएका छन् ।

      कांग्रेसको संघीय विधान अनुसार आज पहिलोपटक प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा एक प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ ।

        कमेन्टहरु