देश

    सिरहा क्षेत्र नम्बर – १ बाट निर्वाचित सभापति चौधरी सम्मानित

    जगत ठाडा मगर
    २०७८ मंसिर १८ | मध्यान्ह ०४:०८ बजे

      लहान १८ , मंसिर । नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर – १ बाट क्षेत्रीय सभापतिमा निर्वाचित समाजसेवी महेश चौधरीलाई सम्मान गरेको छ ।

      एवि मलको प्रमुख कार्यकारी अधिकृत पिन्टु कुमार राउत लगायत एवि मलको सम्पुर्ण परिवारहरुले गोलवजार नगरपालिकास्थित मल मै एक कार्यक्रमको आयोजना गरी सभापति चौधरीलाई फुल माला, अविर र मायाको चिनो प्रदान गरी सम्मान गरेको हो ।

      नेपाली काङ्ग्रेस वडा नम्बर – ७ को वडा कमिटी सचिव एवम् युवा नेता गौरभ साह लगायतको उपस्तिथिमा सम्मान गरेको छ । सभापतिमा निर्वाचित चौधरी यस अघि लहान नगर सभापतिको जिम्मेबारी सम्हालिसकेका छन् ।

      समाजसेवामा सक्रिय चौधरीलाई अगामी निर्बाचनमा लहान नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट प्रभावशाली उम्मेदबारको रुपमा हेरिएको छ ।

        कमेन्टहरु