माओवादी केन्द्रका नेता गुप्ताले गरे क्रीकेट टुनामेन्टको उद्घाटन


महेश सिंह
सिरहा । स्वास्थको लागी खेलकुद युवाहरुको लागी खेलकुद मुलनाराको अभिभराको प्रमाणित गर्दै सिरहाको लहान नगरपालिका वडा नम्बर ४ मा क्रीकेट टुनामेन्टको उदघाटन भएको छ। माओवादी केन्द्रका युवा नेता मनोज सहनीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा माओवादी केन्द्रका जिल्ला सदस्य तथा लोकप्रीय नेता बिजय गुप्ता रहनु भएको थियो ।
बिशिस्ट अतिथिमा सम्बन्धित वडाका अध्यक्ष रामनाथ पंडित, राज कुमार पासमान, आशानन्द यादव, अनिल परियार, अतिथिहरुमा मो. मोखतार अन्सारी, किसुन देब मुखिया, श्यामसुन्दर साह लगायतका दर्जनौं अतिथिहरुको सहभागीता रहेको थियो।
प्रमुख अतिथि गुप्ताका अनुसार खेल्ले सद्भाव जोडने काम पनि गरेको छ, भन्दै अर्को खेलले अन्तर्राष्ट्रिय जगतमा चर्चित खेल मान्ने गरेको छ् । अहिलेको युवाहरू कुलत र लागुऔषधको सिकार भन्दै गरेको अबस्था छ।त्यो कुलतको बानी हटाएर आउने नयाँ पुस्ताका युवाहरूलाई खेलमा समाबेश गराई समाजमा रूपान्तरण गर्न आग्रह गरेका थिए।
बिशिस्ट अतिथि पंडितका अनुसार युवा शक्ति देशका कर्णधार हुन् युवाहरूलाई स्वास्थको लागी खेलमा लगाउनु पर्ने जरुरी रहेको बताए । युवाहरूको साथ र सहयोग कर्मनिष्ठा पुर्वक दिने, प्रतिबद्धता ब्यक्त गर्नु भयो। उक्त टुनामेन्टमा १२ टिमले भाग लिएको आयोजकले जानकारी दिनु भयो । प्रथम, दोश्रो र तृतीय हुने टिमलाई आयोजकको निर्णय अनुसार पुरस्कार दिने आयोजकले जानकारी दिनु भयो।





