सरावल -६ मा आजदेखि सात दिने गुडिया बनाउने तालिम सुरु


महेश यादव
नवलपरासी / १७ मंसिर । पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ६ मा सात दिने गुडिया बनाउने तालिम आजदेखि सुरु भएको छ । सरावल गाउँपालिका ६ नम्बर वडा कार्यालयकाे आर्थिक सहयोग तथा दलित वर्ग शसक्तिकरण सरावल ६ काे आयाेजनामा सात दिने गुडिया बनाउने तालिम गडौरिकाे कृषि सभाहलमा सुरु भएको हाे ।
६ नम्बर वडाका वडा अध्यक्ष कैलाश यादवकाे प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले महिलाहरुलाई शसक्त गर्नु छ, मानवतामा नयाँ रंग भर्नु छ, महिलाहरुलाई राेजगारमुखि बनाई समृद्ध नेपाल निर्माण गर्नुछ भन्ने मुल नाराका साथ आयाेजना गरिएको सात दिने गुडिया बनाउने तालिमबाट महिलाहरुले सिकेकाे सीप ब्यवहारिक जिवनमा अपनाई जिवकाे पार्जन गर्न सक्ने क्षमताको विकास हुने भएको बताउनुभयो ।
साथै हाम्रो समुदायका दलित वर्गका पछडिएका महिलाहरुले सीप सिकेर आफू स्वंयम राेजगारमुखि बन्न सक्ने अवसर समेत प्राप्त गरेको बताए । उनले दलित समुदायका महिलाहरुलाई समाजकाे हरेक काममा सहभागी गराउने र माथि उकास्न आफू र वडाले सधै साथ सहयोग गर्ने बताएका थिए ।
दलित वर्ग शसक्तिकरणका अध्यक्ष विनदेश चमारकाे अध्यक्षतामा सुरु भएको तालिममा वडा सदस्य नेमनारायण यादव, समाजसेवी पारस नाथ गुप्ता, लर्ड बुद्ध एकेडेमीका फाउन्डर अशोक कुमार चाैधरी, प्रशिक्षक पुजा कुमारी राय, विष्नु कुमारी चाैधरी, पब्लिक फाउन्डेसन नवलपरासीका उपाध्यक्ष पुनिता कुमारी नाउँ, पत्रकार सुरेश यादव, महेश यादव, माेनु शर्मा, अनिल बानिया लगाएतकाे अतिथिहरुले मन्तब्य समेत ब्यक्त गरेका थिए ।
५० जना प्रशिक्षार्थीहरुकाे सहभागीतामा सुरु गरिएको कार्यक्रमकाे सञ्चालन दलित वर्ग शसक्तिकरणका सचिव शिवरतन हरिजनले गर्नुभएको थियो ।





