श्री सरस्वती साना किसान कृषि सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा सम्पन्न


विरेन्द्र प्रसाद नेपाल
लहान, मंसिर १७ गते। सप्तरीको बलानबिहुल गाउँपालिका – १ मा अवस्थित श्री सरस्वती साना किसान कृषि सहकारी संस्था लिमिटेड महनियाले आठौं साधारण सभा २०७८ गत मंसिर १० गते सम्पन्न गरेको छ ।
सो सहकारी संस्थाका अध्यक्ष राम कुमार यादवको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियोे, भने सभाका प्रमुख अतिथिमा बलान बिहुल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बैजनाथ यादव रहेको थियोे । विशिष्ट अतिथिका रुपमा पुर्व जि.शि.अ.गंगा राम यादव रहेका थिए । सो साधारण सभा कार्यक्रममा २ करोड ८१ लाख ९० हजार २९२ रुपैयाँको आय व्यय विवरण प्रस्तुत गरेको थियोे ।
यस सहकारी संस्थाले समय समयमा विना धितो रकम वितरण गर्दै आएको छ । मल, खाद्य, बीउ विज्जन दिई गाउँका बासिन्दाहरुलाई यस सहकारीले मन जितेको सरस्वती सहकारी संस्थाका प्रवन्धक विवेक कुमार चौधरीले बताएका छन । कार्यक्रमको संचालन दिगम्बर यादवले गरेको थियोे, भने आय व्यय प्रतिवेदन विवेक कुमार चौधरीले प्रस्तुत गरेका थिए ।
कार्यक्रमका वक्ताहरुको रुपमा अरुण कुमार गोइत, बलान बिहुल गाउँपालिका पुर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलखन साह, शिस्बा बेल्ही सहकारी संस्थाका प्रवन्धक श्रवण कुमार साह लगायतकाले आफ्ना गहकिला तर्क प्रस्तुत गरेका थिए । विना देवी गोइत, घुरण राम, गजेन्द्र भण्डारी, वडा सदस्य धनवीर यादव, वडा सदस्य मांगैन राम, वरिष्ठ समाजसेवी गया प्रसाद गुप्ता लगायतका उपस्थितिमा सहकारीको सधारण सभा कार्यक्रम सम्पन्न भएको थियो ।





