पर्सा क्षेत्र नं २ को सभापतिमा मोहम्मद साबुदिन बिजयी


पर्सा । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं २ को सभापतिमा मोहम्मद साबुदिन बिजयी भएका छन । नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनको क्रममा १५ गते भएको पर्सा जिल्लाको क्षेत्र नं २ को चुनावको मत परिणाममा आफ्नो निकटतम प्रतिद्वन्दी वैकुण्ठ श्रीवास्तवलाई हराउदै सबुदिन बिजय हासिल गरेका छन ।
दिन रात खटेका नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता लगायत सम्पुर्ण मतदाताहरुलाई धन्यवाद दिदै यो सम्पुर्ण नेपाली कांग्रेसका कार्यकर्ताको जित भएको तथा अगामी चुनावमा कांग्रेसलाई अत्यधिक मतले विजय बनाउने बताए। साबुदिनले नेपाली कांग्रेस पर्सामा स्व.गिरिजा प्रसाद काेईराला फाउन्डेसन पर्साकाे जिल्ला सभापति भएर देशकै नमुना संगठनको रूपमा साङ्गठनिक क्षमता देखाएका थिए ।
अहिलेको समयमा नेपाली कांग्रेसलाई एउटा मेहिनती, कार्यभार बहन गर्न सक्ने, अत्यन्त प्रतिकूल २०७८ को निर्वाचनमा सम्पूर्ण कांग्रेसिहरूको शिर ठाडो बनाउन सक्ने समकालिन राजनीतिमा सर्वाधिक लोकप्रिय यूवा नेताको रुपमा माेहम्मद सहाबुदिन रहेकाले पर्सा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदका उम्मेदवार भइ विजय हासिल गरेका छ्न।
संस्थापन इतर समूहबाट निर्वाचित श्याम पटेल, कांग्रेसका जिल्ला सचिव हुन् । यसै क्षेत्रमा जिल्लाका परिचित नेता तथा पूर्वजिल्ला सभापति एंव संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य भने महाधिवेशन प्रतिनिधि बन्न असफल भएका छन् ।





