नायिका करिश्मा मानन्धरले पास गरिन कक्षा १२

जगत ठाडा मगर
२०७८ मंसिर १७ | मध्यान्ह ०३:०८ बजे

काठमाडौ । नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो ।
नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । कक्षा १२ नतिजा राम्रो आएकोमा खुसी व्यक्त गर्दै मानन्धरले घर नजिकको कलेज भएकाले अवको थप अध्ययन पनि यही कलेजमा गर्ने प्रतिक्रिया दिइन् ।





