खुम्बु घुम्न आएका अमेरिकी नागरिकको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर १७ | मध्यान्ह ०३:०८ बजे

काठमाडौ । सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका नेपाली मुलका अमेरिकन नागरिकको मृत्यू भएको छ । विहिबार लुक्ला विमानस्थलमा समिट एयरको जहाज मार्फत आएका ६१ बर्षिय विन्देश्वर कक्षपतिको मृत्यू भएको हो ।
नाम्चे भ्रमणमा निस्केका कक्षपतिको फाक्दिङस्थित ट्रेकर होटलमा मृत्यू भएको हो । चिसोको मौसममा होटल भित्र हिटर तापिरहेका उनी एक्कासि बेहोस भएका थिए ।
बेहोस हुनासाथ तत्काल उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक कवित कटवालले बताए । उनको शव पोष्टमार्टमका लागि आजै हेलिकप्टर मार्फत टिचिङ अस्पताल महाराजगन्ज काठमाण्डौ पठाइएको छ ।





