देश

    के सि काे रिक्तसाम्सद पदमा पाण्डे ले लिए शपथ

    नवलपुर टुडे
    २०७७ मंसिर ८ | मध्यान्ह ०२:०८ बजे

      ८ मंसिर, काठमाडौं ।
      समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
      उनलाई सभामुख अग्नि सापकोटाले सपथ गराएका हुन् । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो ।

      केसीको गत कात्तिक १७ मा निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गराइएको हो ।

        कमेन्टहरु