देश

    राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता

    जगत ठाडा मगर
    २०७८ मंसिर १७ | मध्यान्ह ०२:०८ बजे

      काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् ।

      काठमाडौको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा कमल थापा र लिङ्देनको उम्मेदवारी परेको छ । थापा र लिङ्देन पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

      उम्मेदवारी दर्तापछि लिङ्देनले पत्रकारहरूसँग कुराकानी गर्दै पुरानो नेतृत्वले पार्टी अगाडि बढ्न नसक्ने भन्दै नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिए । ‘नयाँ नेतृत्व पार्टीमा आवश्यक छ,’ उनले भने ।

      निर्वाचन कार्यतालिकाअुनसार शनिबार मतदान हुनेछ । राप्रपामा चार हजार तीन सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सहभागी रहेको छ ।

        कमेन्टहरु