स्वास्थ्य

    अस्पतालबाट डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा

    जगत ठाडा मगर
    २०७८ मंसिर १७ | बिहान ११:०८ बजे

      काठमाडौ । कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् ।

      कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

      १३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

      photo 2021 12 02 21 33 17

        कमेन्टहरु