देश

    ट्याक्टर दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी गम्भीर घाइते

    जगत ठाडा मगर
    २०७८ मंसिर १७ | बिहान ०९:०८ बजे

      रुकुम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

      आठबिसकोट नगरपालिका–७, औलमा भएको उक्त दुर्घटनामा स्थानीय २५ वर्षीय करन नेपालीको घटनास्थलमै मृत्यु भएको र उनकी २० वर्षीय श्रीमती सपना विश्वकर्मा गम्भीर घाइते भएका हुन् । श्रीमती सपनाको अहिले नगर अस्पताल राडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

      राडी बजारबाट औलतर्फ जाँदै गरेको रा१त ४४१२ नम्बरको ट्याक्टर गए राति करिब १ बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।

        कमेन्टहरु