शिक्षा

    जनता डाेमी चौधरी उच्च माध्यामिक बिद्यालय पोखरभिनडाद्वारा बिदाई कार्यक्रम सम्पन्न

    जगत ठाडा मगर
    २०७८ मंसिर १७ | बिहान ०८:०८ बजे

      महेश सिंह
      सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत पर्ने श्री जनता डाेमी चौधरी उच्च माद्यामिक बिद्यालय तथा प्राबिधिक धारका सिभिल अध्ययन गर्ने विद्यार्थीद्वारा फेर्वेल तथा बिदाई कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ।

      विद्यार्थीहरुलाई हौसला प्रदान गर्न सरकारी बिद्यालयहरु मध्ये उक्त बिद्यालयले कार्यक्रमको आयोजना गरेको थियो। बिद्यालयका प्रधानाध्यापक पशुपति साहको अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवलब साह रहनु भएको थियो। बिशिस्ट अतिथिमा गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष धर्मेन्द्र कुमार राय, गाउँपालिकाका प्रमुख प्रसास्किय अधिकृत सुमिन्त्रा लामा, उच्च शिक्षा परिषदका प्रतिनिधि पत्रकार शिव कुमार साह ,रेडियो नेपालका सिरहा सम्बादाता नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह र बिद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थित रहेको थियो।

      कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहका अनुसार जनता डाेमी चौधरी उच्च माध्यामिक बिद्यालय पोखर भिनडा हाम्रो गाउँपालिकाको सान रहेको बताउँदै, लहान, जनकपुर राजबिराज, बिराटनगरको शिक्षा गाउँकै स्कुलमा सुरु भएपछि सानको कुरा भएको बताउनु भयो।गाउँकै स्कुलमा अध्ययन गरेर लोक सेवामा सक्रियता देखाउन हामी अपेक्षित छौँ ।

      स्कुलको प्र.अ.पशुपति साहका अनुसार सद्भाव र ब्यबहार निखार्नको लागी बिद्यालयको कमिकमजोरीहरुलाई सल्लाह सुझाव दिई शिक्षामा र लोक सेवाहरुमा सक्रियता देखाउने छ हामीले अपेक्षा गरेका छौँ भने र तराईमा धेरै बिद्यालयहरुमा बिद्यालयको समितिहरुबाट सल्लाह सुझावको आत्मसात गर्दै बिद्यालयलाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

      गाउँपालिको प्रमुख प्रसास्किय अधिकृत सुमिन्त्रा लामाका अनुसार विद्यार्थीहरुलाई यस्तो कार्यक्रमबाट संन्देशको पाटाे बनोस् भन्दै शुभकामना दिदै बिदा हुनु भएको थियो ।

      उक्त कार्यक्रममा हजारौं विद्यार्थीहरुको सभागिता रहेको थियो।कार्यक्रमको संचालन सोही स्कुलमा अध्ययनरत सिभिलका विद्यार्थी तथा कुसल प्रोग्राम प्रस्तोता प्रभाकर ठाकुरले गरेका थिए ।

        कमेन्टहरु