कक्षा १२ को नतिजा आज सार्वजनिक गरिदै

जगत ठाडा मगर
२०७८ मंसिर १७ | बिहान ०७:०८ बजे

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । गत भदौ ३० देखि असोजको ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।
बोर्डका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भए/नभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । शुक्रबार बिहान ९ बजे बोर्डले बैठक बोलाइएको छ ।
कक्षा १२ को परीक्षा होम सेन्टरमै सञ्चालन भएको थियो । परीक्षा सकिएको ६७ दिनमा नतिजा सार्वजनिक गर्न लागेको छ । परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।





