देश

    २० मतले प्रतिद्धन्दीलाई मात दिदैँ नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा रामस्नेहि यादब बिजय

    जगत ठाडा मगर
    २०७८ मंसिर १६ | मध्यान्ह ०८:०८ बजे

      रमेश कुमार यादब
      मंसिर १६, रौतहट । नेपाली काग्रेस रौतहट क्षेत्र नं ४ को मतगणना सम्पन भएको छ । रौतहट जिल्लाको क्षेत्रिय अध्यक्षका लागि राम स्नेही यादव र प्रेमशंकर यादवले उम्मेदवारी दिएका थिए ।

      बृन्दावन नगरपालिका–६ हर्षाहाको बतहु माध्यमिक विद्यालयमा हिजो मतदान भएको थियो । बुधबार देखि नै मत गणना सुरु भएको थियो । बुधबार रातीदेखि बिहिबारसम्म गणना भएको थियो । ४९३ मतमा रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको नगर प्रमुख रहनु भएका रामस्नेहि यादबले २५७ मत ल्याएई क्षेत्रिय सभापति जस्तो पदमा गरिमामय पदमा बिजय हुनु भएको छ ।

      प्रतिद्धन्दी रौतहट जिल्लाको बिश्रामपुर निवासि प्रेमशंकर यादबबिच प्रतिस्पर्धा भएको थियो ।प्रतिद्धन्दी प्रेमशंकर यादबले २३७ मत ल्याई पराजित भएको हो । विजयी भएका क्षेत्रिय सभापति बृन्दावन नगरपालिकाका नगर प्रमुख समेत हुन । उनी रौतहट क्षेत्र नं ४ का सांसद देव प्रसाद तिमल्सिना निकट मानिन्छन भने अर्का सभापति प्रतिद्वन्दी प्रेम शंकर यादव नेपाली कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादव निकट मानिन्छन ।

      रौतहटको बृन्दावन नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका राम स्नेही यादवलाई उनका समर्थहरुले अबिर, माला लगाएर खुशीयाली मनाई रहेका छन् ।

        कमेन्टहरु