देश

    सिरहाको लहानबाट सुन र नगदसहित दुई युवक पक्राउ

    जगत ठाडा मगर
    २०७८ मंसिर १५ | बिहान ११:०८ बजे

      सिरहा । सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ का २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ का २५ वर्षीय मोसमिम अख्तर रहेको प्रहरीले जनाएको छ ।

      इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स८प ६०७७ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई सुन र नगदसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपन दाहालले जानकारी दिए ।

      पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले रु तीन लाख ९१ हजार ८०३ मूल्य बराबरको ५० ग्राम सुन र रु ५४ हजार नगद बरामद गरेको दाहालले बताए ।

        कमेन्टहरु