देश

    आधा प्रतिनिधिले मतदान खसालीसके, अबको साढे दुई घण्टाभित्र मतदान सकिने अनुमान

    जगत ठाडा मगर
    २०७८ मंसिर १४ | बिहान ०८:०८ बजे

      चितवन । चितवनमा नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । सोमबार राती सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले बिहान ४ बजेबाट मात्रै सुरु भएको हो ।

      केन्द्रीय निर्वाचन आयोगका अनुसार बिहान ७ः४५ बजेसम्म कूल महाधिवेशन प्रतिनिधिमध्ये आधाले मत खसालिसकेका छन् । अबको करिब साढे दुई घण्टामा मतदान प्रक्रिया सकिने अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

      महाधिवेशमा कुल २१ सय ७५ मतदाता छन् । आज साँझसम्म अन्तिम मत परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

        कमेन्टहरु