देश

    नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापति पदमा अब्दुल कलाम विजयी

    जगत ठाडा मगर
    २०७८ मंसिर १४ | बिहान ०७:०८ बजे

      मोहम्मद इरफान मनसुरी
      कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापति पदमा अब्दुल कलाम विजयी हुनुभएको छ ।

      आज विहान सम्पन्न मतगणनामा कलामले सभापतिका अर्का प्रत्यासी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गर्नुभएको हो । जिल्ला सभापतिको लागि रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेर बहादुर देउवा पक्षका राजेश आचार्यबीच चुनाव भएको थियो ।

      photo 2021 11 29 17 43 54

      कुल खसेको १७ सय ६५ मतमा विजयी कलामले ९२८ र पराजित हुनुभएका राजेश आचार्यले ८१९ मत ल्याउनु भएको हो । यस्तै दुई उपसभापतिपदमा रजतराज आचार्य हुमकान्त खनाल तथा दुई सचिवमा युवा नेता शक्ति सिँह ठकुरी र प्रेम बहादुर सिंह रायमाझी विजयी विजयी हुनुभएको छ ।

      जिल्ला समितिको पदाधिकारीसहितका पदमा रामचन्द्र प्यानल हावी भएको छ ।

        कमेन्टहरु