देश

    एमाले उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारी दर्ता

    जगत ठाडा मगर
    २०७८ मंसिर १३ | बिहान ०९:०८ बजे

      सौराहा । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् ।

      अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।

      उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।

        कमेन्टहरु