देश

    आज चारवटा प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा हिमपातको सम्भावना

    जगत ठाडा मगर
    २०७८ मंसिर १२ | बिहान ०८:०८ बजे

      काठमाडौं । चारवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

      जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

      पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

      आजराति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

        कमेन्टहरु