राजनीति

    कास्की कांग्रेसको सभापतिमा देउवा पक्षका बराल निर्वाचित

    जगत ठाडा मगर
    २०७८ मंसिर १२ | बिहान ०७:०८ बजे

      कास्की । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् ।दोश्रो चरणको मतदानबाट प्रत्यासी सुदीपमोहन भट्टराईलाई पराजित गर्दै बराल सभापति पदमा विजयी भएका हुन् ।

      शनिबार सम्पन्न मतदानमा कूल १ हजार ९ सय २६ मत खसेको थियो । जसमा बरालले ९ सय ९५ र भट्टराईले ९ सय १५ मत प्राप्त गरे । नवनिर्वाचित सभापति बराल संस्थापन पक्षका हुन् ।

      शुक्रबार सम्पन्न मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका पाँच जनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढ़ी मत प्राप्त गर्न नसके पछि शनिबार दोश्रो चरणको मतदान भएको हो ।

      पहिलो चरणमा बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए ।

        कमेन्टहरु