राजनीति

    भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव

    जगत ठाडा मगर
    २०७८ मंसिर ११ | मध्यान्ह ०१:०८ बजे

      सौराहा । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् ।

      रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।

      ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

        कमेन्टहरु