देश

    भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक विना अक्सिजन एक्लै विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने घोषणा

    नवलपुर टुडे
    २०७७ मंसिर ६ | मध्यान्ह ०१:०८ बजे

      मंसिर६,काठमाडौं ।
      भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् ।

      १० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान बनाएका उनले फेरि सगरमाथा चढ्ने योजना बनाएका हुन् ।
      त्यतिबेला उनी १६ वर्षका थिए र एउटा आरोहण दलको सदस्यको रुपमा सगरमाथा चढेका थिए । यस अगाडि उनले नेपालका झण्डै आधा दर्जन हिमालको आरोहण गरिसकेका छन् ।

      ‘कोभिड–१९ का कारण मैले यस वर्षको लागि निर्धारित सबै कार्यक्रम अर्काे वर्षको लागि सार्नु परेको छ । म सफल भएँ भने एक्लै सगरमाथा चढ्ने म पहिलो भारतीय नागरिक हुनेछु,’ उनले द हिन्दुस्तान टाइम्स पत्रिकासँग बतायका थिए ,साे कुरा उक्त पत्रिकास्राेत ले Nawalpurtoday लाई जानकारिदिएका छन् ।
      एक्लै चढ्नका लागि नेपालले अनुमति नदिए चीन तर्फबाट सगरमाथा चढ्ने उनको योजना छ ।

        कमेन्टहरु