शिक्षा

    लहान गोविन्दपुर लेखनाथ माविमा साईकल वितरण कार्यक्रम सम्पन्न

    जगत ठाडा मगर
    २०७८ मंसिर ९ | मध्यान्ह ०८:०८ बजे

      विसुन देव सरदार

      लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर -२४ गोविन्दपुरमा आज साइकल वितरण गरिएको छ। “बेटी बचाउ बेटी पढाउ” कार्यक्रम अन्तर्गत सो साइकल वितरण गरिएको हो ।

      लहान २४ स्थित लेखनाथ माध्यमिक विद्यालयद्वारा आयोजित सो साइकल वितरण कार्यक्रममा गोविन्दपुर महलनमाका २५ जना छात्राहरुलाई साईकल प्रदान गरिएको छ । ८ कक्षा उतीर्ण गरिका हाल कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

      कार्यक्रममा समाजवादी विद्यार्थी युनियन प्रदेश न.२ का उपाध्यक्ष चन्द्रशेखर यादव, जनता समाजवादी पार्टीका युवा होनहार नेता रामचलितर महतो लेखनाथ माध्यमिक विद्यालयका शिक्षक, छात्र, छात्रा उपस्थिति रहेको थियोे । यो सँगै विद्यार्थी नेता चन्द्रशेखर यादवका अनुसार बेटी सक्षम भए परिवार र देश सबल हुन्छ।

      बेटी शिक्षित भए गाउँ, समाज र राष्ट्र शिक्षितको अर्थलाई परिभाषित गर्नेछ। अहिले देश परिवर्तनको खाचो छ, युवा जागरुक हुनुपर्ने आवश्यक रहेको धारण युवा नेता चन्द्रशेखर यादवले बताए ।

        कमेन्टहरु