राजनीति

    सकेसम्म सहमतिमै नेतृत्व चयन गर्छौँ : बादल

    जगत ठाडा मगर
    २०७८ मंसिर ९ | मध्यान्ह ०१:०८ बजे

      चितवन । नेकपा एमालेको स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले सकेसम्म निर्वाचन प्रक्रियामा नगई सहमतिमा नै नेतृत्व चयन गर्ने बताएका छन् ।

      महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका बादलले बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै केही पदहरुमा निर्वाचन हुन सक्ने बताए ।

      तपाईं कुन पदमा उठ्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले आफू कुन पदमा उठ्ने भन्नेबारे कुनै तयारी नगरेको जवाफ दिए ।

        कमेन्टहरु