अर्थ

    रु १०० ले घट्यो सुनको मुल्य

    जगत ठाडा मगर
    २०७८ मंसिर ९ | बिहान ११:०८ बजे

      काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला रु.१०० ले घटेको जानकारी दिएको छ ।

      आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ तोकिएको छ । महासंघले हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ तोकेको थियो ।

      सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

        कमेन्टहरु