देश

    आजको मौषम, प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही उच्च भागमा हिमपात

    जगत ठाडा मगर
    २०७८ मंसिर ९ | बिहान ०७:०८ बजे

      काठमाडौं । आज केही प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने भएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

      पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।

      प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यसैबीच, काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् नगरकोटीले जानकारी दिइन् ।

        कमेन्टहरु