राजनीति

    प्रदेश २ को आठौं अधिवेशन मंसिर २९ गते आह्वान

    जगत ठाडा मगर
    २०७८ मंसिर ८ | मध्यान्ह ०६:०८ बजे

      जनकपुरधाम, ०८ मंसिर । प्रदेश २ प्रदेश सभाको आठौं अधिवेशन आगामी मंसिर २९ गतेको लागि बोलाइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

      प्रदेश सभाका सचिव रञ्जित यादवले मंसिर २९ गते बिहान ११ बजे उपस्थित हुन प्रदेश सभाका सबै सदस्यहरुलाई जानकारी गराइएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।

      यसअघि प्रदेश सभाको सातौं अधिवेशनमा तीनवटा बैठक मात्र बसेको थियो । आठौं अधिवेशनमा भने प्रदेशको नाम र राजधानी तय गर्ने सरकारको तयारी रहेको बताइएको छ ।

        कमेन्टहरु