शिक्षा

    कक्षा ११ को रजिष्ट्रेशन फाराम खुल्यो

    जगत ठाडा मगर
    २०७८ मंसिर ७ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८/७९ मा भर्ना भएका विद्यार्थीहरुका लागि फाराम खुला गरिएको हो ।

      परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम र एसईई ग्रेडसिटको प्रतिलिपी बुझाइ सक्नुपर्नेछ । बोर्डले ४०० फाराम शुल्क तोकेको छ भने फाराम बुझाउन नसक्ने विद्यार्थीको लागि दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सकिने जनाएको छ ।

      यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्नेछ ।

      विज्ञप्ति

      photo 2021 11 23 01 58 57

        कमेन्टहरु