राजनीति

    जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष, महासचिव हो : ओली

    जगत ठाडा मगर
    २०७८ मंसिर ७ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको अभिव्यक्ति दिएका छन् ।

      आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं महाधिवेशन चितवनमा सुरु हुँदैछ, तर पदाधिकारीका आकांक्षीहरुले भने मुख खोलेका छैनन् । उनीहरु अध्यक्ष ओलीको संकेत पर्खिरहेका छन् ।

      मंगलबार सम्पादकहरुसँग प्रतिक्रिया गर्दै ओलीले आफ्नो कुनै रोजाइ नभएको बताएका हुन् । उनले भने, ‘जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो ।’

        कमेन्टहरु