देश

    लहानमा एक पुरुषको शव फेला

    जगत ठाडा मगर
    २०७८ मंसिर ७ | मध्यान्ह १२:०८ बजे

      सिरहा, ०७ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका वडा नं ११ पडरियामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

      सडक छैउमै सुन्तला रंगको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको पुरुषको शव आज बिहान फेला परेको हो । शवको पहिचान खुल्न सकेका छैन । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ ।

      ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले शव फेला परेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

        कमेन्टहरु