देश

    कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    जगत ठाडा मगर
    २०७८ मंसिर ७ | बिहान ०९:०८ बजे

      धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

      जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-४ राजीपुरमा सु.प.प्र.०१००९- प२९०० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय धनबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार ठक्करबाट गम्भीर घाइते भएका नेपालीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

      अहिले मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

        कमेन्टहरु