देश

    चीनका रक्षामन्त्री छिट्टै नेपाल भ्रमणमा आउने

    नवलपुर टुडे
    २०७७ मंसिर ५ | मध्यान्ह ०५:०८ बजे

      ५ मंसिर, काठमाडौं ।
      चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् ।
      उनको भ्रमणको बारेमा उच्च सरकारी तहमा कुराकानी भइरहेको छ ।

      स्रोतका प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीका बीच भएको भेटमा चिनियाँ रक्षामन्त्रीको भ्रमणका सम्बन्धमा कुराकानी भएको थियो । अहिले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैंले सम्हालेका छन् ।
      भ्रमण नोभेम्बर २९–३० मा गर्नेगरी तयारी अगाडि बढाइए पनि प्रस्तावित मिति केही सर्नसक्ने भएकाले आधिकारिक घोषणा तत्काल नहुने स्रोतले जानकारी दियो ।

      नेपाल आएर उनी अन्य दक्षिण एसियाली मुलुकको भ्रमणमा जाने छन् । परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बताएको छैन ।
      सन् २०१९ को अक्टोबर महिनामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनको औपचारिक भ्रमण गरेका थिए । सो भ्रमणको समयमा २.५ विलियन बराबरको सैन्य सहयोग नेपाली सेनालाई गर्ने सहमति भएको थियो ।

      गत वर्षको जुन महिनामा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले चीनको औपचारिक भ्रमण गरेका थिए । स्रोतका अनुसार भ्रमण नियमित दुईपक्षीय आदान प्रदान हो ।

        कमेन्टहरु