राजनीति

    उदयपुरमा माओवादी केन्द्रका २१ वर्षीय प्रवेश खड्का बने वडाध्यक्ष

    जगत ठाडा मगर
    २०७८ मंसिर ६ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौं । नेकपा माओवादी केन्द्रको वडाध्यक्षमा २१ वर्षीय प्रवेश खड्का निर्वाचित भएका छन् । उदयपुर जिल्लाकै ठूलो र पुरानो नगर त्रियुगा नगरपालिका वडा नं ६ को अध्यक्षमा खड्का निर्वाचित भएका हुन् ।

      सम्भवतः उनी प्रदेशकै माओवादीको कान्छो वडाध्यक्ष हुन् । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि उनी २० वर्ष छ्दा नै वडाध्यक्ष चयन भएका थिए ।

      माओवादी केन्द्रले गत मंसिर ४ गते देशभर एकै साथ वडा अधिवेशन सम्पन्न गरेको थियो । सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

        कमेन्टहरु