देश

    फेवाताल किनारमा आगलागी, क्षतिको विवरण आउन बाँकी

    जगत ठाडा मगर
    २०७८ मंसिर ६ | बिहान ०९:०८ बजे

      पोखरा । पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् ।

      पाँच वटा रेष्टुरेण्ट जल्दा डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’

      आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । ‘आगलागीको कारण खुलेको छैन । साेमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् ।

      करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी कारण खुल्न सकेकाे छैन ।

        कमेन्टहरु