राजनीति

    डाक्टरले मलाई लड्न हुँदैन भनेका छन् : अध्यक्ष ओली

    जगत ठाडा मगर
    २०७८ मंसिर ५ | मध्यान्ह ०५:०८ बजे

      काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू लड्न नहुने चिकित्सकले सुझाव दिएको बताएका छन् ।

      नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’ लाई सम्बोधन गर्दै ओलीले उनले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताएका हुन् ।

      दुई पटक मृगौला प्रत्यारोपण गराएका ओलीले भने, ‘म फुटबल खेल्थेँ, ब्याट मिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले पनि लड्न पाइँदैन भन्या छ । ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याट मिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिनँ ।’

      खेल मानव स्वास्थ्यका लागि लाभदायक रहेको भन्दै ओलीले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको बताए ।

        कमेन्टहरु