राजनीति

    माओवादी अध्यक्ष प्रचण्ड र विप्लवबिच भेटवार्ता

    जगत ठाडा मगर
    २०७८ मंसिर ४ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द विप्लवबीच शनिबार भेटवार्ता भएको छ ।

      नेकपा माओवादी केन्द्रसँग एकीकरणको चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् । विप्लव शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर प्रचण्डसँग भेटघाट गरेका हुन् ।

      प्रचण्ड र विप्लवबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने बारे छलफल भएको स्रोतले जनाएको छ ।

        कमेन्टहरु