राजनीति

    एमालेको १०औं महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

    जगत ठाडा मगर
    २०७८ मंसिर ३ | मध्यान्ह ०८:०८ बजे

      काठमाडौं । नेकपा एमालेले आफ्नो १० औं महाधिवेशनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरेको छ ।

      शुक्रबार साँझ एमालेका उपमहासचिव सुवास नेम्वाङको टोली प्रधानमन्त्री निवास बालुवाटार मै पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निम्तो दिएको हो । देउवाले आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुने बताएका छन् ।

      एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

        कमेन्टहरु