खेलकुद

    टी-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको सानदार जित

    जगत ठाडा मगर
    २०७८ कार्तिक ३० | मध्यान्ह ०८:०७ बजे

      काठमाडौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा कतारमाथि सानदार जित दर्ता गरेको छ।

      नेपालले कतारलाई उसको घरेलु मैदानमा एक सय १९ रनले हराएको हो। जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ।

      अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ । नेपालले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा अलआउट हुँदै २७ रनमा सीमित भयो।

        कमेन्टहरु