खेलकुद

    नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

    जगत ठाडा मगर
    २०७८ कार्तिक ३० | मध्यान्ह ०४:०७ बजे

      एजेन्सी । ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । बुधबार तय खेलमा नेयमारले तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् ।

      सोमबार बिहान प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेको हो । विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

      यता, अर्जेन्टिनाले भने बुधबार हुने खेलमा ब्राजिलविरुद्ध जित निकाले विश्वकपको यात्रा पक्का गर्नेछ ।

       

        कमेन्टहरु