देश

    ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०७७ मंसिर ३ | मध्यान्ह ०६:०८ बजे

      मंसिर ३, ताप्लेजुङ ।
      ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ खोक्लिङको सल्लेरीमा बुधबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका-२ का ट्याक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका-२ ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ आइरहेको लु४त ६५४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको र सोही ट्र्याक्टरकै पछाडिको भागले किचेर गुरुङको मृत्यु भएको हो ।

      ट्र्याक्टर चालक खोक्लिङका कृष्ण थापा फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । चालक थापाका छोरा ५ वर्षीय किर्जम थापा पनि घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याइएको बताइएको छ ।

      फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले Nawalpurtoday लाई जानकारी दिए ।

        कमेन्टहरु