देश

    काठमाडौमा हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ कार्तिक ३० | बिहान ०८:०७ बजे

      काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिकाका २५ वर्षीय अमर नारायण दासलाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

      कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

      उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

        कमेन्टहरु