देश

    विद्युत् प्राधिकरणको गाडीले ठक्कर दिँदा ११ वर्षीय बालकको मृत्यु

    जगत ठाडा मगर
    २०७८ कार्तिक २९ | मध्यान्ह ०९:०७ बजे

      सिरहा । सिरहामा नेपाल विद्युत् प्राधिकरणको गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका–१० मुसहर्नियास्थित लोकमार्गमा ओभर स्पिडका कारण अनियन्त्रित भई घटना घटेको हो ।

      गाडीको ठक्करबाट घाइते भएका धनगढीमाई नगरपालिका–१० का किसन बहादुर तामाङका ११ वर्षीय छोरा नरेशबहादुर तामाङलाई उपचारको लागि अस्पताल लैजादा बिच बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

      गाडीमा सवार नेपाल विद्युत प्राधिकरण हेटौडा, भरतपुर बर्दघाट २२० के.भी. प्रसारण लाइनका आयोजना प्रमुख नरेश कुमार खड्काको छातीमा चोट लागेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव अहिले लहान अस्पतालमा राखिएको परिवारजनले बताएको छ ।

        कमेन्टहरु