देश

    ओखलढुंगामा जिप दुर्घटना हुदा तीनजनाको मृत्यु, ११ जना घाइते

    जगत ठाडा मगर
    २०७८ कार्तिक २९ | बिहान ११:०७ बजे

      काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिका -९ बुलडाँडामा बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

      आज बिहान ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश ३–१०२२–च ९६९४ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट तल खसेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी गोविन्दराज काफ्लेका अनुसार सिद्धचरण नगरपालिका–१० का मिठुमाया मगर, तुलसा मगर र खगेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको हो ।

      दुर्घटनामा गम्भीर घाइते भएका चारजनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

        कमेन्टहरु