देश

    काठमाडौंबाट एयर गनसहित कैलालीका युबा पक्राउ

    जगत ठाडा मगर
    २०७८ कार्तिक २८ | मध्यान्ह ०१:०७ बजे

      काठमाडौं । काठमाडौंबाट एयर गनसहित एकजना पक्राउ परेका छन् ।

      काठमाडौं महानगरपालिका–११, थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई एक थान एयर गनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

      उनले कोठामा अवैध हातहतियार लुकाइराखेको सूचनापछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्दा उक्त हतियार फेलापारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

        कमेन्टहरु