देश

    सखुवानन्नकारकट्टी – ३ मा बेचन यादव सर्वसम्मत सभापतिमा निर्वाचित

    जगत ठाडा मगर
    २०७८ कार्तिक २८ | बिहान ०७:०७ बजे

      लहान २७, कार्तिक । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहाको सखुवानन्न्कारकट्टी गाउँपालिका वडा नम्बर – ३ मा नेपाली काङ्ग्रेसको वडा कमिटी निर्विरोध रुपमा चयन भएको छ ।

      नवगठित कमिटीको वडा सभापतिमा बेचन यादवको नेतृत्वमा १५ सदस्य नयाँ कर्यसमिती बिस्तार भएको हो ।
      नवगठित समितीको उप- सभापतिमा प्रशुराम चौधरी, सुनिता साफी, सचीवमा जगरनाथ यादव, अभय यादव, सह- सचीवमा बुदुर यादव, प्रबिन्द्र यादव, सदस्यहरुमा राजकुमार यादव, किरण गुप्ता, हरिचन यादव लगायत १५ सदस्य समिती चयन भएको छ ।

      त्यस्तै पार्टीकै क्षेत्रीय प्रतिनिधिहरुमा रामबिलास यादव, बिरेन्द्र प्रसाद यादव, ललित कुमार यादव,”शत्रुधन गिरी लगायत १५ प्रतिनिधि सर्वसम्मत रुपले चयन भएको युवा नेता बिनोद अधिकारीले जानकारी दिनुभएको छ ।
      समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए ।

        कमेन्टहरु